ad ad

राजनीति


गठबन्धनले उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न सकेन, जसपा र जनमत दुवैले उम्मेदवारी दर्ता गराउने

गठबन्धनले उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न सकेन, जसपा र जनमत दुवैले उम्मेदवारी दर्ता गराउने

आज बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक।


नेपालखबर
फागुन २७, २०७९ शनिबार ११:२३, काठमाडौँ

नौदलीय गठबन्धन उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न असफल भएको छ। 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको नौदलीय गठबन्धनको बैठकले उपराष्ट्रपतिमा एकै उम्मेदवार चयन गर्न नसकेको हो। 

उपराष्ट्रपति पदमा जसपा र जनमत पार्टी दुवैले दाबी गरेपछि साझा उम्मेदवार चयन हुन सकेन। 

बैठकमा सहभागी एक नेताका अनुसार आज जसपा र जनमत दुवै पार्टीबाट उम्मेदवारी दर्ता गराउने र भोलि सहमतिमा एक जनाको उम्मेदवारी फिर्ता लिने समझादरी बनेको छ। 

यसअघि नै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादव र जनमतले ममता झालाई उपराष्ट्रपतिकाे उम्मेदवारका रुपमा अघि सारिसकेकाे छ।

आजको नौ दलीय बैठकमा नौ दलका शीर्ष नेताहरूसँगै आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साह पनि सहभागी भएका थिए। 

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ। 

बिहान ९ बजे खुला गरिएको उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .