ad ad

राजनीति


कांग्रेस उपसभापति खड्काले संसदमा माफी मागे

कांग्रेस उपसभापति खड्काले संसदमा माफी मागे

फाइल तस्वीर


नेपालखबर
चैत १२, २०७९ आइतबार १६:२६, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका सांसदबाट त्यसको उल्लंघन गर्ने काम भएको बताए।

सांसद बर्ताैलाले सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन्।

एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको बताए। 

उनले भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ। भोलीका दिनमा पनि यो विषय काम लाग्छ। यो हाउसमा पटकपटक मर्यादा विपरित काम भईरहेको छ। हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन। पटकपटक यो संसदको गरिमा र महत्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरुबाट यस प्रकारको काम भईरहेको छ। सत्ता पक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भईरहेको छ। म गम्भिरताका साथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस्। यही विषय राख्न चाहन्छु।’

त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराएका थिए।

सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भने, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भए अनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ। त्यसका लागि म क्षमा माग्न चाहन्छु।’

प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नहुने उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .