ad ad

राजनीति


रास्वपाबाट उम्मेदवार बन्न तयार रमेश खरेल भन्छन्– उपचुनावपछि पार्टी ‘मर्ज’बारे छलफल हुन्छ

रास्वपाबाट उम्मेदवार बन्न तयार रमेश खरेल भन्छन्– उपचुनावपछि पार्टी ‘मर्ज’बारे छलफल हुन्छ

फाइल तस्बिर : रमेश खरेल


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ११:५, काठमाडौँ

पूर्वडीआईजी तथा राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष रमेश खरेलले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी नै समाहित गर्नेबारे छलफल हुने बताएका छन्।

बिहीबार मात्रै राष्ट्रि स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने घोषणा गरेका खरेलले पार्टी नै गाभ्न प्रस्ताव आएको बताए। 

‘एक्लै पनि अगाडि बढ्न नसकिने होइन, अहिले प्रस्ताव आएको छ। छलफल भइरहेको छ हेरौं के हुन्छ। पार्टी मर्जको कुरा पनि आएको छ, सल्लाह गर्नुपर्ने छ। अहिलेचाहिँ उपनिर्वाचनलाई फोकस गर्छौं’, खरेलले शुक्रबार बिहान नेपालखबरसँग भने। 

आफूसँगै सुशासन पार्टीमा रहेका नेता/कार्यकर्तालाई समेट्ने विषयमा सहमति भए पार्टी मर्ज हुने खरेलले बताए। 

रास्वपामा जाने निर्णयमा कसरी पुग्नुभयो त भन्ने प्रश्नमा खरेलले भने, ‘सरसल्लाह भयो। सबैको मिश्रित प्रतिक्रिया आयो। एक्लै यहाँका स्थापित पार्टीसँग प्रतिस्पर्धा गर्न पनि गाह्रो छ। यो पालि चुनावमा पनि देखिहालियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .