राजनीति


स्वर्णिम वाग्लेको ‘विद्रोह’लाई गम्भीर रूपमा लिऊँ– बाबुराम भट्टराई

स्वर्णिम वाग्लेको ‘विद्रोह’लाई गम्भीर रूपमा लिऊँ– बाबुराम भट्टराई

फाइल तस्बिर : डा. बाबुराम भट्टराई


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ११:२५, काठमाडौँ

एकाएक नेपाली कांग्रेस छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने अर्थविद् डा. स्वर्णिम वाग्लेको कदमलाई पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘भद्र राजनीतिक विद्रोह’को उपमा दिएका छन्। र, यसलाई हल्काफुल्का रूपमा लिन नहुने टिप्पणी पनि गरेका छन्। 

अर्थविद डा. वाग्लेले बिहीबार कांग्रेस त्याग्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिइसकेका छन्। वाग्ले रास्वपाबाट तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन लड्ने तयारीमा छन्। उनलाई वैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनको टिकट केही दिनमै दिने निर्णय रास्वपाले गर्ने भएको छ।

देश चौतर्फी गम्भीर संकटमा फसेका बेला डा. वाग्लेको ‘विद्रोह’लाई गम्भीर रूपमा लिन पूर्वप्रधानमन्त्री डा. भट्टराईको आग्रह छ। 

‘डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’, भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः डा. वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .