यही वैशाख १० गतेको उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्।
उनीहरुलाई सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले निर्वाचन क्षेत्रमै रहेकाले शपथ हुन सकेन।
लामिछाने र वाग्ले दुवै राष्ट्रिय स्वतन्त्र (रास्वपा) का तर्फबाट क्रमशः चितवन २ र तनहुँ १ बाट निर्वाचित भएका हुन्।
150
Shares
प्रतिक्रिया