ad ad

राजनीति


सरकार र महावीर पुनबीच टोली गठन गरेर वार्ता अघि बढाउने सहमति

सरकार र महावीर पुनबीच टोली गठन गरेर वार्ता अघि बढाउने सहमति

नेपालखबर
बैशाख १७, २०८० आइतबार १४:७, काठमाडौँ

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच टोली गठन गरेर वार्ता प्रक्रिया अघि बढाउने सहमति जुटेको छ। 

रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनबीच टोली गठन गरेर वार्ता प्रक्रिया अघि बढाउने सहमति जुटेको हो। 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको छलफल पछि पुनले बेलुकी ५ बजेभित्र वार्ता टोली गठन गरेर संवाद अघि बढाउने सहमति जुटेको जानकारी दिए। 

‘अहिले हामीले कसरी अगाडि जाने भनेर एउटा निर्णय गर्यौ,’ छलफलपछि उनले भने, ‘५ बजेभित्र टोली गठन गरेर रातारात नभए भोलिसम्ममा आन्दोलनको माग पूरा गर्ने भन्ने कुरा निर्णय भएको छ।’

पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा रक्षामन्त्री खड्काले आफूलाई बोलाएर वार्ता के–कसरी गर्ने भन्ने बारे सुझाव मागेको बताए। 

उनले छलफल सकारात्मक रहेको पनि प्रतिक्रिया दिए।

‘छलफल सकारात्मक छ किन भने रक्षामन्त्रीज्यूसँग वार्ता गर्दै गर्दा प्रधानमन्त्रीज्यूले दुई पटक फोन गर्नु भयो,’ पुनले भने, ‘सकारात्मक खदेखिएको छ। भोलि कागजमा कस्तो हुन्छ, त्यतिबेलासम्म कुर्नु पर्ने हुन्छ।’

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेपछि उनीसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .