राजनीति


कांग्रेस सांसद भण्डारीले सभामुखलाई भने : नीति तथा कार्यक्रमबारे संसदमा बोल्न मन छ

कांग्रेस सांसद भण्डारीले सभामुखलाई भने : नीति तथा कार्यक्रमबारे संसदमा बोल्न मन छ

स्वास्थ्यलाभ गरिरहेका कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई भेट्दै सभामुख देवराज घिमिरे। तस्बिर : संसद् सचिवालय


नेपालखबर
जेठ ३, २०८० बुधबार १९:४४, काठमाडौँ

घरमै खाना पकाउने ग्यास लिकपछि आगलागीबाट घाइते नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई सभामुख देवराज घिमिरेले भेटेका छन्। 

बुधबार साँझ बत्तिसपुतलीस्थित निवासमा पुगेर सभामुख घिमिरेले भण्डारीलाई भेटेका हुन्। 

उनले घटनाबाट दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गरे। भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा केही कुरा राख्न चाहेको बताए।

‘सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ। घटनापछि मलाई केही कुरा सदनमार्फत जनतालाई सुनाउन मन छ। जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ’, उनले भने, ‘तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभामा कठिन अवस्थामा पनि अभिभावकत्व निर्वाह गर्नुभयो। सम्माननीयज्यूबाट पनि संसदको अभिभावत्व कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने लागेको छ।’

त्यसपछि सभामुख घिमिरले चिकित्सकले हुन्छ भनेमा विशेष व्यवस्था गरेर बोल्न दिइने जवाफ दिएको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

‘चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईंलाई बोल्ने व्यवस्था मिलाउँछौं’, सभामुखको भनाइ उद्धृत गर्दै अधिकारीले  भने,  ‘तर, जीवन रहे बोल्ने अवसर त आइहाल्छ। अहिले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला।’

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले स्वास्थ्यले साथ दिएमा सचिवालयले विशेष व्यवस्था गर्ने जानकारी दिए। 

२०७९ फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। 

उनलाई फागुन ४ गते श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत उपचारका लागि मुम्बई लगिएको थियो।

मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराएर उनी वैशाख १७ गते काठमाडौं आएका थिए। 

घटनामा गम्भीर घाइते उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर अस्पतलमा निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad