ad ad

राजनीति


प्रतिनिधिसभापछि राष्ट्रियसभामा पनि प्रतिपक्ष एमालेको अवरोध

प्रतिनिधिसभापछि राष्ट्रियसभामा पनि प्रतिपक्ष एमालेको अवरोध

नेपालखबर
जेठ २१, २०८० आइतबार १३:२२, काठमाडौँ

प्रतिपक्षी दलका सांसदहरुले संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा पनि अवरोध गरेको छ।

संसद्लाई छलेर मन्त्रिपरिषद्को आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभामा अवरोध गरेको हो।

राष्ट्रियसभामा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले नागरिकता विधेयकलाई गलत बाटोबाट प्रमाणीकरण गरेको भन्दै आपत्ति प्रकट गरे।

उनले सबै नागरिकले नेपाली नागरिकता पाउने कुरामा विवाद नरहेको बताउँदै तर यति गम्भीर विषय संसद्लाई छलेर प्रमाणीकरण गरिएकोमा आपत्ति जनाए। 

त्यसैगरी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिक्रमित भूमि कालापानी साट्ने गरी दिएको अभिव्यक्तिको पनि विरोध गरेको छ।

एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .