राजनीति


प्रचण्डलाई अब काँध हालेर हिँड्न सकिँदैन : गुरु घिमिरे

प्रचण्डलाई अब काँध हालेर हिँड्न सकिँदैन : गुरु घिमिरे

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १३:४८, काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध हालेर हिँड्न नसकिने बताएका छन्।

जेठ १७ देखि २१ सम्म भएको चारदिने भ्रमणलाई लिएर विपक्षी दलहरुले घेराबन्दी गरिरहेका बेला सत्तारुढ दलका नेताले अब प्रचण्डलाई बोक्न नसकिने बताएका हुन्। 

उनले प्रचण्डले छिमेकीहरुसँग प्रष्ट रुपमा कुरा राख्न नसकेको बताउँदै नेपाल र नेपालीको शिर उँचो हुने गरी कुरो नराखेको जिकिर गरेका छन्। 

‘छिमेकी देशहरुसँग स्पष्ट रुपले आफ्नो देशको हितमा कुरा गर्न नसक्ने र आफूलाई परेका मर्का उठाउन नसक्ने नेतृत्वलाई अब  काँध हालेर हिँड्न सकिँदैन’, उनले भनेका छन्, ‘भारत भ्रमणमा नेपाल र नेपालीको शिर उच्च हुनेगरि प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डलले सामान्य संवाद गरेको पनि देखिएन। यो अत्यन्त खेदजनक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .