नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय केजी सुन तस्करी भएको घटना समान्य नभएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले देशमा भ्रष्टाचारको स्थिति भयावह देखिएको उल्लेख गरेका छन्।
‘अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जॉचबुझका घेरा नाघेर सय किलो (रू ८४ करोड) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन। यो पहिलो र अन्तिम पनि हैन,’ भट्टराईले भनेका छन्, ‘केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ।’
उनले भ्रष्टाचाररुपी क्यान्सको उपचार कुनै अलौकिक महापुरुषको अवतार वा परम्परागत झारफूकबाट नहुने भन्दै निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन्।
‘वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ। अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति÷प्रशासन÷सुरक्षासंयन्त्र÷न्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं! नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन्!,’ उनले भनेका छन्।
— Baburam Bhattarai (@brb1954) July 20, 2023अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यतिका जाॅचबुझका घेरा नाघेर सय किलो ( रू. ८४ करोड ?) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन।यो पहिलो र अन्तिम पनि हैन! केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ।वेलावखत…
Shares

प्रतिक्रिया