राजनीति


एमालेको अवरोधपछि संसद् पाँच दिन स्थगित

एमालेको अवरोधपछि संसद् पाँच दिन स्थगित

नेपालखबर
साउन १०, २०८० बुधबार १७:७, काठमाडौँ

प्रतिनिधिसभाको बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक पाँच दिनका लागि स्थगित भएको जानकारी दिएका हुन्। 

त्रिभुवन विमानस्थलबाट सय केजी सुन तस्करी भएकोबारे उच्चस्तरीय छानबिन समिति गठनको मा गर्दै एमालेले संसद अवरोध गरेको थियो।

एमाले सांसद् ठाकुर गैरेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने घोषणा गरे।

त्यस्तै प्रमुख सचेतक पदम गिरीले पनि कर्मचारीको सेटिङबाट मात्रै यति ठूलो परिमाणको सुन तस्करी नभएको बताउँदै यसमा उच्चस्तरीय छानबिन मागसमेत गरे।

दोलखाका २० वर्षीय युवकको नाममा दर्ता रहेको रेडी ट्रेडले ३३ पटकसम्म कयौं क्विन्टल सुन भित्र्याउँदा पनि सरकार रमिते बनेको एमालेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad