राजनीति


एमालेबाट बिद्रोह गर्नु औचित्यपूर्ण भएको माधव नेपालको ठहर

एमालेबाट बिद्रोह गर्नु औचित्यपूर्ण भएको माधव नेपालको ठहर

नेपालखबर
भदौ ४, २०८० सोमबार १८:४५, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन्।

दुई दिनसम्म चलेको नेकपा(एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकको सोमवार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन्। 

उनले आफूहरूले बिद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद समाप्त पारिसकेको हुने विश्लेषण सुनाए। 

‘पार्टीले अबको दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ। र सँगसँगै हामीले बिद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद सबै तत्कालिन सर्वसत्तावादको नेतृत्व गरिरहेका केपी ओलीले समाप्त गरिसक्नु हुन्थ्यो र त्यति मात्रै होइन हाम्रा विचार समूहमा रहेका सम्पूर्ण पार्टीहरु माथि, पार्टीका कार्यकर्ता माथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो भन्ने कुरालाई पनि उहाँले बैठकमा जानकारी गराउनु भयो,’ अध्यक्ष नेपालको सम्बोधनबारे जानकारी दिँदै प्रवक्ता खतिवडाले भने, ‘यसैगरी आजसम्मको घटनाक्रम र प्रवृत्तिलाई हेर्दा हाम्रो पार्टीले जे बिद्रोह ग¥यो यो बिद्रोह बडो औचित्यपूर्ण भएको छ। आजपनि देशको संसद र संविधानमाथि धावा बोल्ने कुरा भइरहेको छ। आजपनि अग्रगमनलाई जोगाउनको निम्ति हाम्रो महत्वपूर्ण भुमिका स्थापित भइरहेको छ भन्ने कुरा बताउनुभएको छ।’

खतिवडाका अनुसार अध्यक्ष नेपालले बिद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरु माथि दमन र अत्याचार हुने पनि बताए। त्यस्तै, उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिएको प्रवक्ता खतिवडाले बताए।

नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गरेका थिए।

‘हामीले सबभन्दा पहिले आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी आफैँ पूरा गरौँ। यसको सफलता र असफलतामा हामी अरुलाई शेयर गर्न सक्छौँ। तर आफूले जिम्मेवारी पूरा नगरी अरुको मात्रै आलोचना गर्नुको अर्थ हुँदैन। एकढिक्का भएर पार्टी निर्माण गर्न लागौँ। पार्टी अध्यक्षको सन्देश यही नै थियो,’ उनले भने, ‘आगामी दिनमा पार्टी कसो गर्दा प्रभावकारी बन्नसक्छ भन्ने विषय नै सम्पूर्ण कार्यकर्ताहरुको ध्यान थियो। माघ महिनामा महाधिवेशनमा जाँदै छौँ। महाधिवेशनमा जाँदा कस्ता विचारलाई लिएर अगाडी बढ्नुपर्छ भन्ने कुरामा नै कार्यकर्ताहरुको धारणा सबभन्दा बढी व्यक्त भयो। हाम्रो पार्टी अझ बढी सबल, समृद्ध र अझ बढी क्रान्तिकारी रुपान्तरणको पक्षमा देखिनुपर्छ भन्नेकुरा नै कार्यकर्ताहरुको मुख्य जोड रहेको छ।’

बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

भोलिदेखि चल्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको पूर्वतयारीका रुपमा पोलिटब्यूरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .