राजनीति


कोशी प्रदेश : प्रदेश लोकसेवा आयोग वार्षिक प्रतिवेदन प्रस्तुत

कोशी प्रदेश : प्रदेश लोकसेवा आयोग वार्षिक प्रतिवेदन प्रस्तुत

नेपालखबर
भदौ २९, २०८० शुक्रबार १८:४९, काठमाडौँ

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन बुझाइएको छ ।

आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम  आव २०७९/८० भित्र सम्पादन गरिएका काम कारवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गरे।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै प्रदेश सरकारसँग आयोगको काम कारवाहीलाई सहयोग पु¥याउन योग्य कर्मचारी छनोट र व्यवस्थापन गर्नका लागि नीतिगतरूपमा छलफल गरी अगाडि बढ्ने बताए।

उनले आयोगले निष्पक्षरूपमा गरेको काम कारवाहीप्रति जनता र राज्यको विश्वास रहेको बताउँदै योग्य कर्मचारीको पदपूर्ति र व्यवस्थापनले स्थायी सरकारको स्वरूपमा बलियो जग निर्माण भएको धारणा राखे।

आयोगका अध्यक्ष भट्टराईले सूचना प्रविधि, मुद्रण, ओएमआर प्रविधिबाट परीक्षणलगायतका पूर्वाधार निर्माणलाई व्यवस्थित गर्नुका साथै अनलाइन दरखास्त प्रणालीको विकास गरिएको जानकारी दिए।

आयोगले आव २०७९/८० मा स्थानीय सरकारी सेवाका लागि २४ वटा विज्ञापनमार्फत चार सय ४० पदका लागि दुई सय ८४ पुरुष र एक सय  २५ महिला गरी चार सय नौ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .