राजनीति


प्रचण्ड भन्छन्– ३५ वर्ष पार्टी नेतृत्वमा बसिसकेँ, छाड्छु भन्दा सुख छैन

प्रचण्ड भन्छन्– ३५ वर्ष पार्टी नेतृत्वमा बसिसकेँ, छाड्छु भन्दा सुख छैन

नेपालखबर
असोज २०, २०८० शनिबार १८:४०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युद्धकालदेखि नै प्रत्येक पटकको स्कुलिङमा युवाहरूको विद्रोहका बारेमा आवाज उठाउँदै आएको बताएका छन्। 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले शनिबार पार्टीका नेता राम र्कीको लेखहरूको पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफू नेतृत्वमा बसेको ३५ वर्ष भइसक्दा पनि छाड्न नपाएको गुनासो गरे। 

‘मैले हरेक पटक युवाहरूलाई भन्ने गरेको छु, एकाधिकार नै जमाउन खोज्यो कि भन्ने गरिन्छ। म नेतृत्वमा रहेको नै ३५ वर्ष भइसक्यो। छोड्छु भन्दापनि सुख छैन,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘तपाईँहरूले भन्न सक्नुहुन्छ अब प्रचण्डले छोडिदिनुपर्छ फलानो आउनुपर्छ भन्न सक्नुहुन्छ? तपाईँहरूले भनिदिनुभयो भने मत खुसी हुन्छु। तर परिस्थिति त्यस्तो हुँदैन।’

उनले विद्रोह क्रान्तिकारी र जनता दुवैको अधिकार भएको टिप्पणी गरे। 

‘मैले प्रत्येक पटक हिजो युद्धकलादेखि नै प्रत्येक पटक स्कुलिङ गर्दा युवाहरूलाई विद्रोह जनताको अधिकार हो। विद्रोह क्रान्तिकारीहरूको पनि अधिकार हो र जिम्मेवारी पनि हो भन्दै आएको हो,’ प्रचण्डले भने।

शान्ति सम्झौतापछि विद्रोहको अधिकार धेरैले प्रयोग गरेको उनले बताए।

‘पार्टी नेतृत्व बिग्रियो भने त्यसलाई सम्झनुपर्छ भनेर धेरै भनेँ मैले। ‘विद्रोहको अधिकारको प्रयोग गरेर अर्को क्रान्तिकारी पार्टी बन्यो वा बनेन?,’ उनले भने, ‘विद्रोहको प्रयोग गरेका साथीहरूले किन गर्न सक्नुभएन? हामीले पार्टी नेतृत्वले नै गरिराख्नुपर्ने बाध्यता किन आएको छ? निरकुंश भएर हो त?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad