राजनीति


एमसीसी प्रसारणलाइनका तीनवटै ठेका रद्द, पुनः बोलपत्र आह्वान गरिने

एमसीसी प्रसारणलाइनका तीनवटै ठेका रद्द, पुनः बोलपत्र आह्वान गरिने

नेपालखबर
असोज २५, २०८० बिहिबार २३:२३, काठमाडौँ

अमेरिकी अनुदान रहेको कार्यक्रम एमसीसीअन्तर्गतका विद्युत प्रसारण लाइनसम्बन्धी तीनवटै प्याकेजका ठेक्का रद्द गरिएका छन्।

यो परियोजना कार्यान्वयन गर्ने निकाय एमसीए नेपाललाई अमेरिकाको वासिङ्टनस्थित एमसीसी मुख्यालयले हालको ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानुपर्ने राय दिएपछि यो निर्णय लिइएको स्रोतले बताएको छ।

नेपालखबरको सम्पर्कमा आएका एमसीए नेपालका एक अधिकारीले ठेक्का प्रक्रिया रद्द भएको आधिकारिक जानकारी प्रतिस्पर्धामा सामेल भएका निर्माण कम्पनीहरूलाई बुधबार नै दिइसकेको बताए। 

अब स्पेसिफिकेसन र स्कोप अफ वर्क पनि हेरफेर गरी बोलपत्रसम्बन्धी नयाँ सूचना चाँडै निकाल्ने ती अधिकारीको भनाइ छ।
एमसीए नेपालले इस्टिमेट गरेभन्दा ६७ प्रतिशतभन्दा बढीका बोलपत्र परेपछि ठेकेदार छनोटमा अन्योल भएको थियो । 

उक्त कार्यालयले हालको प्रक्रिया विवादित भएपछि एमसीसी मुख्यालयमा दुईवटा विकल्प प्रस्ताव गरेको थियो। जसमा अपुग बजेट थप्ने वा हालको स्पेसिफिकेसन र स्कोप अफ वर्क हेरफेर गर्ने उल्लेख थियो।  

ठेकेदारहरूको मिलेमतो हुन सक्ने भन्दै सरकारी अधिकारीहरूले पुनः बोलपत्र प्रक्रियामा जानुपर्ने बताएका थिए। 
एमसीएले २२ करोड डलरमा ४०० केभी क्षमताको ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन गत वर्षको मंसिर १२ गते बोलपत्र आह्वानसम्बन्धी पहिलो सूचना जारी गरेको थियो।

तीनवटा प्याकेज बनाएर अलगअलग बोलपत्र आह्वान गरिएकामा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए। तीमध्ये प्राविधिक मूल्यांकनबाट ५ वटा मात्र छनोट भएका थिए। ५ वटाको वित्तीय प्रस्ताव खोल्दा न्यूनतम कबोल नै दुई तिहाईभन्दा बढीको परेको थियो। यी सबै प्रस्तावक कम्पनी भारतीय थिए।

५ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने परियोजनाको दिनगन्तीमा डेढ महिना बितिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad