राजनीति


कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीलाई सोध्दैछन् ८ सांसदले प्रश्न

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीलाई सोध्दैछन् ८ सांसदले प्रश्न

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ८:४३, काठमाडौँ

कोशी प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान बस्दै छ। 

बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीसँग प्रश्न सोध्ने कार्यसूची छ। मुख्यमन्त्री कार्कीलाई प्रश्न सोध्न आठ सांसदले नाम टिपाएका प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यका अनुसार आफ्नो प्रश्नको उत्तर मुख्यमन्त्रीले चित्त बुझ्दो ढंगले नदिए पूरक प्रश्न समेत गर्न पाइने छ।

कोशी प्रदेश सभामा आज पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।

कांग्रेसका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत असोज २७ मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै (१ कात्तिकमा) प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।  

उनलाई प्रदेशसभामा रहेको राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad