प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे छिट्टै टुंगो लगाउने बताएका छन्।
नेकपाको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेकपा अध्यक्ष समेत रहेका ओलीले सम्झौताबारे निकट भविष्यमै टुंगो लगाउने बताएका हुन्।
बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमसीसीबारे प्रश्न उठाएका थिए। बैठकको उद्घाटन सत्रमा लामो मन्तव्य राखेका प्रधानमन्त्री ओलीले एमसीसी नेपालको हितमा रहेका कारण पारित गर्नुपर्ने बताएका थिए। एमसीसीका कुनै पनि बुँदा नेपालको अहितमा नरहेको उनको भनाइ थियो।

प्रतिक्रिया