राजनीति


एनसेल सेयर बिक्रिबारे समितिले काम सुरु गरिसकेको छ : प्रधानमन्त्री

एनसेल सेयर बिक्रिबारे समितिले काम सुरु गरिसकेको छ : प्रधानमन्त्री

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १७:२०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्री प्रकरणमा सरकारले बनाएको समितिले काम सुरु गरिसकेको बताएका छन्। 

शुक्रबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाट पाँच सदस्यीय समिति बनाइएको र सो समितिले काम सुरु गरिसकेको बताए। 

आफू दुबईमा हुँदा एनसेलको सेयर बिक्रीबारे समाचार आएको जानकारी गराउँदै उनले नेपाल आउनेबित्तिकै सोही विषयमा चासो राखेको बताए। 

‘म दुबई भएको बेलामा एनसेलको क्रय–बिक्रय (किनबेच) भएछ। एनसेलको अस्वभाविक ढंगले बिक्रि भयो रे भन्ने भएपछि मेरो पहिलो निर्देशन मुख्यसचिवलाई बोलाएर यसको असर के परिरहेको छ, हाम्रो राजस्व संकलनमा यसको के असर पर्छ?,’ उनले भने, ‘समग्रमा यसको पछाडि कहीँ कहीँ अस्वभाविक देखिन्छ त्यसको छानविन हुनुपर्छ भनेर निर्देशन दिएको थिएँ। केही वर्षपछि एनसेल नेपाल राज्यको स्वामित्वमा आउन लागेकोमा चलखेल हुन लागेको, अर्बौँको समस्या पहिला पनि थियो। राष्ट्रिय कार्टमा लडेर मुद्दा जित्यो। हामीले हिजोको क्याबिनेटबाट समिति बनाएका छौँ र त्यसले हिजैबाट काम सुरु गरेको छ।’

यही विषयमा पनि एकथरी मान्छेहरू उल्टो प्रचार गर्दै हिँडेको प्रधानमन्त्रीको भनाइ थियो। 

‘तर, एकथरी नकारात्मक मानसिकता भएका अराजकवादी र निषेधात्मक सोच भएकाहरु उल्टो प्रचार गर्दै हिँडेका छन्। यसमा पनि सतर्क रहन र नेपालको हितभन्दा बाहिर म प्रधानमन्त्री रहँदासम्म कुनै काम हुन नदिने प्रतिवद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .