राजनीति


सुदूरपश्चिममा माओवादी दलको नेताबाट खगराजलाई हटाइयो, नयाँ नेता मानबहादुर धामी

सुदूरपश्चिममा माओवादी दलको नेताबाट खगराजलाई हटाइयो, नयाँ नेता मानबहादुर धामी

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १३:११, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ।

शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट भट्टलाई हटाइएको हो।

बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको हो। भट्टलाई हटाएर अब मानबहादुर धामीलाई दलको नेता बनाइएको छ।

प्रदेश सभा सदस्य लक्ष्मी विकका अनुसार बहुमतबाट यो निर्णय लिइएको हो। नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित भएका हुन्। 

धामी सुदूरपश्चिममा वनमन्त्री भइसकेका छन्। सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .