राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी पीडितहरुलाई न्याय दिन छाडेर आफूमाथि पूर्वाग्रह साँधेको आरोप लगाएका छन्।
मंगलबार राजधानीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताए।
श्रेष्ठले सहकारी ठगी गरेर भागेकालाई समाएर, उनीहरूको सम्पत्ति जफत गरेर भए पनि पीडितहरूलाई न्याय दिनुपर्ने बताए।
सहकारी पीडितलाई न्याय दिलाउनुपरनेमा 'रवि लामिछानेको केही छ कि खोज त' भनेर गृहमन्त्री श्रेष्ठ आफूप्रति पूर्वाग्रही भई लागिरहेको बताए। कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आफूले कुनै गलत नगरेकोसमेत जिकिर गरे।
‘गृहमन्त्रीले सहकारी पीडितका लागि न्याय दिनुपर्यो, सहकारी पीडितका लागि काम गर्नुपर्यो, सहकारीबाट भागेकालाई समातेर, उनीहरूको सम्पत्ति ल्याएर बाँड्नु पर्यो भनेर लागेको अहिलेसम्म कयौं पीडितहरुले पैसा पाइसक्थे', उनले भने, 'यति त्यसो भएको भए आज केही न केही सुरुवात हुन्थ्यो। तर, उहाँको ध्यान त मलाई छोड्नु भएन भन्नेमा गयो। रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुस् त भनेर लगाउनु भयो। के भए पो पाउनु? भए त किन छोड्थे र?’
— Nepalkhabar (@nepalkhabar) January 30, 2024गृहमन्त्रीले चाहेको भए सहकारी पीडितको समस्या समाधान भइसक्थ्यो : रवि लामिछाने pic.twitter.com/PcoOmFIjJd
उनले आफ्नो पछि लाग्ने समय पीडितहरूको न्यायका लागि दिन पनि गृहमन्त्रीलाई सुझाव दिए। पीडितलाई न्याय कसरी दिनेबारे आइडिया चाहिए सम्पर्क राख्नसमेत उनले गृहमन्त्रीलाई आग्रह गरे।
आफूसँग आइडिया मागे गृहमन्त्रीलाई भनिदिने पनि उनले बताए। पीडितलाई न्याय दिने कुरामा सहकार्य गर्न आफूहरू तयार रहेको उनले बताए।
'रवि लामिछानेलाई कसरी बदनाम गराउने र कसरी थुन्ने भनेर पछि नलाग्नुस्', उनले गृहमन्त्रीलाई भने, 'मलाई दोषी प्रमाणित गर्न सक्दैन सक्दैनन्।'
पूर्वउपप्रधानमन्त्री टोपबहादु रायमाझीलाई नक्कली शरणार्थी प्रकरणमा समातेको सरकारले जीबी राईलाई समात्न छाडेर रवि लामिछानेको पछि लागेको उनले बताए।
'मेरो पो केही संलग्नता छ कि भनेर खोजेर हिँडिरहेका छन्', उनले भने, 'यदि उहाँले नसक्ने भए मलाई जिम्मेवारी दिनुस्। ‘मैले सकिनँ भन्नुस् म तयार छु। हामी तयार छौँ, सकिन्छ गर्न।’
Shares

प्रतिक्रिया