राजनीति


प्रधानसेनापति थापा र बंगलादेशका सेना प्रमुखबीच भेटवार्ता

प्रधानसेनापति थापा र बंगलादेशका सेना प्रमुखबीच भेटवार्ता

नेपालखबर
माघ २६, २०७६ आइतबार १५:३८,

नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख जनरल अजिद अहमेद र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

 भेटवार्ताको क्रममा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

बंगलादेशका सेनाप्रमुख अहमेद प्रधानसोपति थापाको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि शुक्रबार नेपाल आएका हुन्।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad