राजनीति


एमाले महोत्तरीको अध्यक्षमा बलिराम यादव निर्वाचित

एमाले महोत्तरीको अध्यक्षमा बलिराम यादव निर्वाचित

नेपालखबर
माघ २७, २०८० शनिबार १३:२०, काठमाडौँ

नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बलिराम यादव निर्वाचित भएका छन्। 

मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित भए। सचिवमा शम्भु ठाकुर चुनिए।

यसैगरी उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित भएका छन्। 

लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा पनि मतदान प्रक्रियाबाट निर्वाचित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .