ad ad

राजनीति


महासमितिमा बहुमतको उपहास भयोः शाही

महासमितिमा बहुमतको उपहास भयोः शाही

नेपालखबर
फागुन १०, २०८० बिहिबार २२:२१, काठमाडौँ

महासमिति बैठकमा बहुमतको उपहास गरी सीमित नेताका स्वार्थ जोडिएका निर्णय लादिएको भन्दै कांग्रेसका कतिपय नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।

खासगरी मौजुदा सत्ता गठबन्धनको पक्षमा निर्णय गरेकामा महासमिति सदस्यहरूले असन्तोष प्रकट गरेका हुन्।

नेपाली कांग्रेसका महासमिति सदस्य भुपेन्द्रजंग शाहीले तमाम महासमिति सदस्यहरूको भावनाविपरीत यही गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय गरेर बहुमतको उपहास गरिएको टिप्पणी गरेका छन्। उनले गठबन्धन गर्नुहुन्न भनेर जति बहस छलफल भए पनि अन्तिममा सबै पदाधिकारीहरुले पनि यही गठबन्धनको वकालत गर्नु दुःखद् विषय भनेका छन्।

महासमितिले आमनागरिकका जल्दाबल्दा समस्याका विषयमा स्पष्ट सन्देश दिन नसकेको उनको ठहर छ। यो बैठकले जनताले भोगिरहेका समस्या,पार्टी आमूल रूपान्तरणको खाका, पार्टी एकताको सन्देश र आमरूपमा नयाँ ऊर्जा उत्साह दिन सकेन। धेरैपछि आयोजना गर्नु र शान्तिपूर्वक सम्पन्न गर्नु नै यो बैठकको उपलब्धि देखिएको उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .