ad ad

राजनीति


संसद्‍मा उठेका कुराको जवाफ दिन सरकारलाई सभामुखको दोस्रो पटक रुलिङ

संसद्‍मा उठेका कुराको जवाफ दिन सरकारलाई सभामुखको दोस्रो पटक रुलिङ

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १६:५५, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद्‍मा उठेका विषयवस्तुहरूबारे जवाफ दिन सरकारलाई फेरि रुलिङ गरेका छन्।

सभामुख घिमिरेले यसअघि बिहीबार पनि प्रमुख प्रतिपक्षी दलले उठाएको विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका थिए। 

शुक्रबार बसेको संसद् बैठकमा पनि सरकारबाट कुनै जवाफ नपाएपछि विपक्षी दलहरूले केही बेर अवरोध गरेका थिए। 

अवरोधपछि प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका थिए। त्यसपछि बसेको दोस्रो बैठकमा सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका छन्। 

‘सभाको आजको बैठक र अघिल्ला बैठकमा उठेका विषयमा यसअघि पनि सरकारलाई निर्देश गरिसकेको व्यहोरा अनुरोध गर्दछु,’ उनले भने, ‘सोही विषयमा निरन्तर विषयवस्तुको उठान भएकोतर्फ नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै यो निर्देश गर्दछु।’

एमालेले सरकारका बहालवाला तीनजना मन्त्रीबारे प्रश्न उठाउँदै राजीनामा माग गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग भएको हो।

उनीहरूले आगामी १३ वा १४ गते बस्ने बैठकसम्ममा प्रधानमन्त्री प्रचण्डले संसद्मा आएर जवाफ दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .