नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाको सेना अन्तर्गत यूएस इन्डोप्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी एक्विलिनोले राष्ट्रपति रामचन्द्र पौडेलँग शिष्टाचार भेट गरेका छन्।
सोमबार राष्ट्रपति भवनमा भएको उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनैतिक सम्बन्ध स्थापना भए पश्चात दुई देशबीच मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध रही आएकोमा खुशी व्यक्त गरे।
उनले विश्व शान्तिको मान्यताप्रति प्रतिबद्ध नेपाल संयुक्त राष्ट्र संघको शान्ति सेनामा सर्वाधिक योगदान गर्ने मुलुकको रूपमा रहेको कुराले गौरवान्वित भएको बताएका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।
36
Shares

प्रतिक्रिया