राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर जाँदैछन्।
सोमबार मात्रै चार दलीय नयाँ सत्ता गठबन्धनमा जोडिएका लामिछाने फेरि गृहमन्त्रीमा फर्किने लबिइङमा छन्।
यस्तोमा नेपाललाई फकाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगिसकेपछि रवि पनि कोटेश्वरमा मिसिन जाँदैछन्।
उता नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि कोटेश्वर बैठक मिसिन जाँदैछन्।
रवि नेतृत्वको रास्वपाबाट अहिलेको नयाँ गठबन्धनमा उपसभापतिसमेत रहेका सांसद् डोलप्रसाद अर्याल विनाविभागीय मन्त्री बनिसकेका छन्।
16.1k
Shares

प्रतिक्रिया