राजनीति


सन्त नेता किशुनजीको व्यवहार अनुसरण गरौँ : उपसभापति खड्का

सन्त नेता किशुनजीको व्यवहार अनुसरण गरौँ : उपसभापति खड्का

नेपालखबर
फागुन २६, २०८० शनिबार २०:५, सुर्खेत

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवन व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको आज शिलान्यास गर्दै उपसभापति खड्काले किसुनजीको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताएका हुन्।

‘सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरूको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरूको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ’, उनले भने।

उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेताकै शिक्षादीक्षामा जोडिन पाएको बताउँदै खुसी व्यक्त गरे।

‘उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ’, खड्काले भने, ‘कर्णाली प्रदेशको सिंगो पार्टी सञ्चालन गर्न र जनताप्रति उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .