राजनीति


उपेन्द्र यादवसहित जसपाका दुई मन्त्रीले लिए शपथ

उपेन्द्र यादवसहित जसपाका दुई मन्त्रीले लिए शपथ

शपथ ग्रहण गर्दै जसपा अध्यक्ष उपेन्द्र यादव


नेपालखबर
फागुन २७, २०८० आइतबार १२:१४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार मन्त्रीको शपथ लिएका हुन्। 

यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।

वन तथा वातावरणमन्त्रीकाे शपथ लिँदै नवलकिशोर शाह

एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजावादी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन्।

गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपाले मन्त्री पठाएको थिएन। 

नयाँ गठबन्धनमा जसपालाई  दुई  मन्त्री र एक राज्यमन्त्री दिन सहमति भएकाे छ। जसपाले नेता दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .