राजनीति


गैरकानुनी काम गर्नेलाई सरकारले उन्मुक्ति दिने प्रयास गरिरहेको छ : जितजंग बस्नेत

गैरकानुनी काम गर्नेलाई सरकारले उन्मुक्ति दिने प्रयास गरिरहेको छ : जितजंग बस्नेत

नेपालखबर
फागुन ३०, २०८० बुधबार १५:३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले सरकारले गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको आरोप लगाएका छन्।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बनाउनतर्फ अग्रसर भएको बताए।

उनले माओवादी केन्द्रका नेताका छोराहरु गैरकानूनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आएको भन्दै उनले माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानूनी कारोबारका अनुसन्धान अवस्था रहेको बताए। उनले सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानूनी कारोबार गर्न सहज बनउन माओवादी लागेको बताए।

उनले भने, ‘के नेपाल सरकार गैरकानूनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बन्दै गएको हो? माओवादी केन्द्रका नेताका छोराहरु गैरकानूनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आएका छन् तर माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानूनी कारोबारका अनुसन्धान नहुने र आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिइरहने हो। सत्ता र शक्तिको दुरुपयोग गर्दा यस्ता गैरकानूनी कारोबार गर्न सहज हुने बनाउन हो। यस्तै गतिविधि गर्न सत्ता र शक्तिमा रही रहन लालयित हो।’

उनले थपे, ‘सत्तामा रहेका परिवारका सदस्यहरु गैरकानूनी कारोबारमा संलग्न रहेको भनि विदेशी अदालतले समेत दोषी ठहर गरेको सूचना आएको छ। यस्ता कारोबारमा संलगनलाई गृह प्रशासन अनुसन्धानको दायरामा नल्याइ उन्मुक्ति दिनेतर्फ गएको हो।’

उनले सत्तामा रहेका परिवारका सदस्यहरु गैरकानूनी कारोबारमा संलग्न रहेको भनि विदेशी अदालतले समेत दोषी ठहर गरेको सूचना आएपनि गृह प्रशासन कारोबारमा संलग्नलाई अनुसन्धानको दायरामा नल्याइ उन्मुक्ति दिनेतर्फ गएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .