राजनीति


कृष्णबहादुर महरालाई आज अदालत लाने तयारी

कृष्णबहादुर महरालाई आज अदालत लाने तयारी

फाइल तस्बिर


नेपालखबर
चैत ९, २०८० शुक्रबार ७:४७, काठमाडौँ

सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई आज (शुक्रबार) अदालत लाने तयारी छ। 

महरालाई थप हिरासतमा राख्ने अनुमति लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज जिल्ला अदालत काठमाडौँ लाने तयारी गरेको हो। 

गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो। तर पूर्वसभामुख महरालाई अदालतको आदेशमा बिरामी भन्दै पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा राखिएको छ। 

यसबीच सीआईबीले बुधबार र बिहीबार गरी दुईपटक महरासँग बयान लिइसकेको छ। सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको पनि नाम जोडिएको छ। सो प्रकरणमा महरालाई यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको हो।

सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .