राजनीति


सरकारले संविधानका प्रावधान उल्ट्याउन खोज्योः खाँड

सरकारले संविधानका प्रावधान उल्ट्याउन खोज्योः खाँड

नेपालखबर
असार १६, २०७६ सोमबार ९:१२,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सरकारले विधेयकको माध्यामबाट संविधानको प्रावधानलाई उल्टयाउने काम गरिरहेको प्रमुख सचेतक खाँडको दावी छ। ६१ औँ संसद दिवसको अवसर पारेर पूर्व सांसद मञ्च, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरे।

‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढ्न म सबैलाई आग्रह गर्दछु, प्रमुख सचेतक खाँडको भनाई थियो, ‘मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ।’

प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जीउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad