ad ad

राजनीति


प्रतिनिधि सभाको बैठकअघि कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठकअघि कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
बैशाख २, २०८१ आइतबार ८:३, काठमाडौँ

प्रतिनिधिसभाको बैठक अघि आज नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दैछ।

प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेको लागि बोलाइएको छ। त्यसअघि बिहान ८ बजे संसदको प्रमुख प्रतिपक्ष दल कांंग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको हो। बैठक नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

सरले चालु संससदको अधिवेशन आज अन्त्य गर्ने तयारी गरेको छ। त्यसप्रति कांग्रेस असन्तुष्ट छ।  कांग्रेस बैठकमा मुख्य रुपमा यस विषयमा छलफल हुन लागेको हो।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटामात्रै विधेयकमात्र पारित गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .