ad ad

राजनीति


इलाम-२ मा आज एमाले र माओवादीको संयुक्त चुनावी सभा, ओलीले सम्बोधन गर्ने

इलाम-२ मा आज एमाले र माओवादीको संयुक्त चुनावी सभा, ओलीले सम्बोधन गर्ने

नेपालखबर
बैशाख ५, २०८१ बुधबार ९:२७, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रले आज इलाम- २ मा सयुक्त चुनावी सभा गर्ने भएका छन्। 

देउमाई नगरपालिका मंगलबारेमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ। 

सभालाई ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोुस् प्रदेश इन्चार्ज रघुवीर महासेठलगायतका केन्द्रीय र प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ।  

सभामा सहभागी हुन अध्यक्ष ओलीसहितका शीर्ष नेता इलाम पुगिसेकेका छन्।  आगामी १५ वैशाखमा इलाम २ मा उपनिर्वाचन हुँदैछ।

इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। सुहाङका बुवा स्व‍.सुवास नेम्वाङले लगातार २५ वर्षदेखि यो क्षेत्र जित्दै आएका थिए।

उनकै छोरालाई उठाउँदा जित्न सकिने आकलनसहित एमालेले ३२ वर्षीय सुहाङलाई चुनावी मैदानमा उतारेको हो। 

नेम्वाङलाई माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले पनि समर्थन गरेका छन्। 

त्यसैगरी इलाम -२ मा नेपाली काङ्ग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ। उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। तर एमालेका सुवास नेम्वाङसङ्ग झिनो मतान्तरले हारेका थिए।

रास्ट्रिय स्वतन्त्र पार्टीले भने पत्रकार समेत रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। लिम्बू सुरुमा स्वतन्त्र उठ्ने बताएपनि पछि रास्वपा प्रवेश गरेका थिए।

त्यस्तै यहाँ ४१ वटा घटकको समर्थनसहित पहिचान पक्षधर डकेन्द्र सिंह थेगिमले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन। मुढा चुनाव चिन्ह पाएका उनले पनि दलको मत काट्ने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .