ad ad

राजनीति


त्रिवि मैदानमा खेलकुदमन्त्री, सन्दीपलाई भेटेर भने– केही हुँदा प्लिज कल मि!

त्रिवि मैदानमा खेलकुदमन्त्री, सन्दीपलाई भेटेर भने– केही हुँदा प्लिज कल मि!

त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्टले सन्दीपसँग छोटो भेटवार्ता गरेका हुन् (तस्बिर : सरोज नेपाल)


नेपालखबर
जेठ १७, २०८१ बिहिबार १२:४१, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन्। बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्टले सन्दीपसँग छोटो भेटवार्ता गरेका हुन्। 

मन्त्री श्रेष्ठ अनुगमनका लागि पुग्दा सन्दीप मैदानमा अभ्यास खेल खेलिरहेका थिए। 

विश्वकपको भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको प्रसंगमा उनले आफूहरूले सक्दो प्रयास गरिरहेको जानकारी गराए। 

‘हामीले गर्ने शतप्रतिशत गरेका छौँ, उताबाट अलिक हुन सकेको छैन,’ उनले सन्दीपलाई भने, ‘यहाँ भइदिएको भए हामीले नै यो गर्नु, उ गर्नु भनेर भन्न पाइन्थ्यो। त्यसका फेरि अरु धेरै कुटनीतिक मर्यादाहरू हुन्छन्।’

उनले आफ्नै अघि परराष्ट्रमन्त्रीले पटक पटक भिसा प्रयासका लागि समन्वय गरेको जानकारी पनि सन्दीपलाई गराए। 

‘मेरै अगाडि पटक पटक परराष्ट्रमन्त्रीज्यूले समन्वयका लागि भन्नुभएको छ,’ मन्त्री श्रेष्ठले अघि भने, ‘अरु केही भयो भने कल मी!’

नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिँदैछ। विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ।

भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्।

मन्त्री श्रेष्ठसहितको टोलीले बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका थिए। उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका सचिव परास खड्का लगायतले ब्रिफिङ गरेका थिए।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले मैदान स्तरोन्नतीका लागि काम अघि बढाइएको जानकारी गराए। 

उनले फ्लडलाइट व्यवस्था गर्नुपर्ने, खेलाडीका लागि होस्टल बनाउने लगायतका अन्य समस्याहरूको बारेमा ब्रिफिङ लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .