ad ad

राजनीति


माओवादी स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जबाफ दिने

माओवादी स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जबाफ दिने

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८१ बिहिबार ९:१७, काठमाडौँ

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बिहीबार) पनि बस्दैछ। 

एक सातादेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जबाफ दिने कार्यक्रम छ। 

बैठक दिउँसो १ बजेदेखि सुरु हुने माओवादी केन्द्रका सचिव तथा मधेस ब्युरो इन्चार्ज लीलामणि पोख्रेलले जानकारी दिए। 

‘हिजोसम्ममा सबै नेताहरुले एकसरो बोलिसक्नु भएको छ,’ पोख्रेलले नेपालखबरसँग भने, ‘बोलिसकेकाहरुले फेरि दोहोर्‍याउने स्थिति भएछ भने बेग्लै हो, नत्र आज अध्यक्षले जबाफ दिएर बैठक सक्ने भन्ने कुरा छ।’

तर, उनले यो बैठकबाट माओवादीले कुनै निर्णय भने नगर्ने बताए। ‘यो बैठक आज सकिएछ भने पनि कुनै निर्णय हुँदैन,’ पोख्रेलले भने, ‘अब बस्ने केन्द्रीय समिति बैठकमा लैजाने एजेन्डा मात्रै बैठकले तय गर्न सक्छ।’

आगामी केन्द्रीय समिति बैठकको मिति पनि आजै तय हुने सम्भावना रहेको उनले बताए। 

माओवादी स्थायी समिति बैठकमा नेताहरुले पार्टी नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे विभिन्न प्रश्नहरु उठाएका छन्। 

पार्टीका उपमहासचिव जनार्दन शर्माले त नेतृत्त्वको आलोचना गर्दै प्रचण्डलाई संरक्षक मात्रै बनाएर पार्टी नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव नै पेश गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .