राजनीति


इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १६:२३, काठमाडौँ

इजरायलको राजदूतमा धनप्रसाद पण्डितलाई नियुक्त भएका छन्। 

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पण्डितलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीले जानकारी दिएकी छिन्। 

गत साउन १४ गते मन्त्रिपरिषद्ले विभिन्न १८ देशको राजदूत सिफारिस गरेको थियो। उक्त सिफारिसका क्रममा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो।

इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित सूचना आयोगको कसुरदार भएकाले उनलाई राजदूत बनाउन नमिल्ने भन्दै समितिमा उजुरी परेको थियो। 

उक्त उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफलपछि गत असोज ३ गते नियुक्तिका लागि अनुमोदन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad