राजनीति


निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

निरौला र पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १४:१३, काठमाडौँ

सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त भएका छन्।

उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन्।

संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आइतबार न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

गत शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। 

यीमध्ये निरौलाले अबको १२ वर्षपछि करिब ५० दिन देशको न्यायपालिकाको नेतृत्व गर्नेछन्।

न्याय परिषद्को अभिलेखअनुसार, निरौलाको जन्म २०२८ माघ २५ गते खोटाङमा भएको हो। सर्वोच्च अदालतका न्यायाधीशले ६५ वर्षसम्म पदमा बहाल रहन पाउँछन्।

उनले २०५२ मंसिर २४ मा न्याय सेवामा प्रवेश गरेका थिए। निरौलाले न्याय प्रशासनमा सबैभन्दा माथिल्लो पद मुख्य रजिस्ट्रारको जिम्मेवारी पनि सम्हालिसकेका छन्। मुख्य रजिस्ट्रारबाट उनी २०७७ माघमा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए।

उनी वरीयतामा अगाडि रहे पनि यसबीचमा धेरैपटक सर्वोच्चमा सिफारिस हुनबाट छुटेका थिए।

उनले कानुनमा स्नातकोत्तर (एलएलएम) सम्म अध्ययन गरेका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad