राजनीति


फेरि पनि जादुकै संख्या छ, हामी सरकार पर्खिरहेका छौँ : प्रचण्ड

फेरि पनि जादुकै संख्या छ, हामी सरकार पर्खिरहेका छौँ : प्रचण्ड

नेपालखबर
मंसिर १, २०८१ शनिबार १५:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको दल नयाँ सरकारका लागि पर्खिरहेको बताएका छन्। 

शनिबार काभ्रे–काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अहिलेको सरकार उल्ट्याएर आफूहरूको सरकार बन्ने दाबी गरे। 

‘हामी ३२ भएको हुनाले विपक्षी दलको नेता छ, विपक्षी दल भनेको गभर्मेन्ट अफ वेइटिङ अर्थात् पर्खिरहेको सरकार हो। त्यसकारण यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रो हो। त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन,’ अध्यक्ष प्रचण्डले भने। 

उनले यसअघि आफ्नो दलसँग म्याजिक सिट रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै रहेको पनि जिकिर गरे। 

‘यही हलमा हो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो। मैले ३२ को संख्यालाई जादुको संख्या भयो हाम्रो भनेको थिएँ। मेरो यो भनाइले उनीहरू अझै बढी उद्देलित र तरंगित पनि भए होलान। मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला। अहिले पनि हाम्रो संख्या फेरि पनि म्याजिक नै छ,’ अध्यक्ष प्रचण्डले भने। 

साथै, उनले अहिले बनिरहेको सरकार अप्राकृतिक ढंगबाट बनेको बताए। ‘बडो अप्राकृतिक हिसाबले उनीहरूले सरकार बनाएका छन्। उनीहरूको उद्देश्य भनेको भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने र विरोध गर्नेहरूलाई दमन गर्नेतिर केन्द्रीत छन् भन्ने देखिएको छ,’ प्रचण्डले भने। 

आफूहरू अहिले पनि चुनौती र अवसरको दोसाँधमा रहेको जिकिर गरे। 

‘अहिले हामीले नयाँ चुनौती र नयाँ अवसरको दोसाँधमा छौँ। मैले सरकारबाट बाहिरिँदै गर्दा केही समीक्षा गरेको थिएँ। हाम्रो वर्ग, समुदाय, एजेन्डाहरूलाई जुन स्तरबाट समात्नुपर्ने थियो। त्यहाँ केही न केही कमजोरी भए। हाम्रो जनतातिर फर्कने कसम प्रतिनिधिसभाबाटै खाएँ र देशव्यापी नयाँ अभियानको सुरुवात भएको छ,’ अध्यक्ष प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad