राजनीति


सार्कमा कोरोना रोकथामका लागि मोदीद्वारा एक करोड डलरको कोष घोषणा

सार्कमा कोरोना रोकथामका लागि मोदीद्वारा एक करोड डलरको कोष घोषणा

नेपालखबर
चैत २, २०७६ आइतबार १२:३६,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि एक करोड डलरको आपतकालीन कोष घोषणा गरेका छन्।

यसमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने प्रस्ताव मोदीले गरेका छन्।

संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने मोदीले बताए।

‘सार्क साझेदारहरुसँग हामीले रोग निगरानी सफ्टवेयर सेयर गर्ने छौं र त्यसलाई कसरी सञ्चालन गर्ने भनेर तालिम दिने छौँ,’ मोदीले भने, ‘भारतले कोरोना महामारीको रुपमा फैलनबाट रोक्नका लागि चिकित्सक तथा विशेषज्ञहरुको ¥यापिड रेस्पोन्स टिम निर्माण गर्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .