राजनीति


५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कुन जिल्लामा को?

५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कुन जिल्लामा को?

नेपालखबर
पुस २९, २०८१ सोमबार १६:१६, काठमाडौँ

सरकारले विभिन्न ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५८ जिल्लामा अध्यक्ष नियुक्त गरिएको जनाएको छ।

मन्त्रालयले यसअघि काक्तिक १४ गते प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो।

८ सदस्यीय आयोगको उपाध्यक्ष सनतकुमार कार्की (जाजरकोट), विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाई र तनहुँका आरती भण्डारी रहेका छन्।

आयोगले ६ महिनाभित्र १ लाख भन्दा बढि भूमिहिन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउने कार्ययोजना रहेको जनाएको थियो।

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम् सदस्यको पदावधि ३ वर्ष रहनेछ।

कुन जिल्लामा अध्यक्ष को बने?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad