काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार निवारण र अख्तियारसम्बन्धी विधेयक रोकिएको बारे चासो व्यक्त गरेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यी विधेयकबारे चासो व्यक्त गरेका हुन्।
विगत ६ वर्षदेखि भ्रष्टाचार निवारण र अख्तियार ऐन छलफलमा रहे पनि सहमति नजुट्दा अख्तियार ऐन संसद्मा पेस हुन सकेको छैन। थन्किएको छ।
राष्ट्रपति पौडेलले नेपाल भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको पक्ष राष्ट्र भएकोले त्यसमा उल्लेखित प्रावधानअनुसार कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया