राजनीति


अध्यादेश पास र संविधान संशोधन गर्न कस्सिएको सत्तापक्षको बैठक जारी

अध्यादेश पास र संविधान संशोधन गर्न कस्सिएको सत्तापक्षको बैठक जारी

शनिबार बालुवाटारमा जारी सत्तापक्षको बैठक।


नेपालखबर
फागुन ३, २०८१ शनिबार १२:२९, काठमाडौँ

संविधान संशोधन गर्न कस्सिएका सत्ता पक्षका दलहरूको बैठक बालुवाटारमा जारी छ। 

सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसिरहेको हो। 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन्।

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल भइरहेको छ।

यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) , नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् भने जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad