राजनीति


नेपाललाई लागु पदार्थमुक्त देशको रूपमा स्थापित गर्न सक्छौँः गृहमन्त्री लेखक

नेपाललाई लागु पदार्थमुक्त देशको रूपमा स्थापित गर्न सक्छौँः गृहमन्त्री लेखक

नेपालखबर
फागुन १७, २०८१ शनिबार १४:१५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताए।  

शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध बिरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताए। उनले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए। उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए। 

पालिका र वडा-वडा स्तरबाट लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे। समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे। 

‘अहिले हामी संघीयतामा छौँ। तीन तहमा सरकार छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। यसमा स्थानीय तहलाई जोड्न जरुरी छ। किनभने यो अभियानलाई वडा वडा स्तरमा पुर्‍याउन सकियोस्। पालिकाहरुले पनि यसलाई एउटा अभियानका रुपमा अघि बढाउन जरुरी छ,' उनले भने, 'एकै पटक जिल्लाभर नहोला तर एउटा जिल्लाको दुई, तीन वटा पालिकालाई लागुऔषध मुक्त पालिका बनउने काम गरौँ। पालिका उठाऔँ। त्यहाँका स्कुल, क्याम्पस, युवा क्लव, राजनीतिक दल, भ्रातृ संस्था, शुभेच्छुक, विद्यार्थी संगठनहरुलाई संलग्न गरौँ र एउटा पालिकालाई ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाऔँ। समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी छ। लागुऔषधले समाजलाई धेरै नै नकारात्मक प्रभाव बनाएको छ।'

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताउनु भयो। अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे। लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्‍याउन जरुरी रहेको बताउनु भयो। लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad