समाज


लागुऔषध नियन्त्रणका लागि भएका प्रयासहरुको पुनःविचार जरुरीः उपप्रमुख डंगोल

लागुऔषध नियन्त्रणका लागि भएका प्रयासहरुको पुनःविचार जरुरीः उपप्रमुख डंगोल

नेपालखबर
फागुन १७, २०८१ शनिबार १४:२१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि भएका प्रयासहरूको पुनर्विचार आवश्यक रहेको बताएकी छन्। शनिबारदेखि नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन्। 

उपप्रमुख डंगोलले लागुऔषधविरुद्धको महाअभियान नेपाल प्रहरी, स्थानीय सरकार र सरकारको मात्रै नभइ सम्पूर्ण नागरिकको भएको बताइन्। उनले लागुऔषध विरुद्धको दिवस हरेक वर्ष मनाइने गरेको भएपनि नियन्त्रण नहुनुले नियन्त्रणका लागि भएका प्रयासहरूको पुनर्विचार आवश्यक रहेको बताइन्। 

उपप्रमुख डंगोलले भनिन्, ‘यो महाअभियान नेपाल प्रहरीको मात्र, स्थानीय सरकार, सरकारको मात्र होइन। यो हरेक व्यक्तिको अभियान हुनुपर्दछ। हामीले लागुऔषध विरुद्धका दिवस पनि मनाउने गर्दछौँ। त्यसमा लागुऔषधको प्रयोग र कारोबारलाई बन्द गरौँ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आइरहेका छौँ। यति मनाउँदा मनाउँदै पनि संख्या घट्नुपर्ने ठाउँमा बढिरहेको छ।’

उपप्रमुख डंगोलले लागुऔषध नियन्त्रणको अभियानमा सबैसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad