आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
मंगलबार देशभरका क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनले उम्मदेवार दर्ता गर्न गालेका हुन्।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन गर्ने सयम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको छ। उम्मेदवारको नामावली पनि आजै प्रकाशित गर्ने तालिका छ।
भोलि (फागुन २८ गते) उम्मेदवारको नामावली उपर दाबी विरोध हुनेछ। भोलि नै दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।
फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ। आगामी चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका छ।
यस्तो छ निर्वाचन तालिका

Shares

प्रतिक्रिया