राजनीति


युरोपका नेपालीको राहदानी समस्या संसदमा उठ्यो, घुम्ती शिविर लैजान सांसद कुँवरको माग

युरोपका नेपालीको राहदानी समस्या संसदमा उठ्यो, घुम्ती शिविर लैजान सांसद कुँवरको माग

नेपालखबर
फागुन २८, २०८१ बुधबार १५:३१, काठमाडौँ

वैदेशिक रोजगारीका सिलसिलामा युरोपका विभिन्न देशमा पुगेका नेपालीको राहदानी समस्याबारे संसदमा आवाज उठेको छ।  

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले युरोपका देशहरूमा सरकारले राहदानी नवीकरणको घुम्ती शिविर सञ्चालन नगर्दा नेपालीहरू समस्यामा परेको बताएका छन्। पूर्वश्रममन्त्री समेत रहेका सांसद कुँवरले बुधबार प्रतिनिधि सभा बैठकमा युरोपका पोल्यान्ड, ग्रीसलगायतका देशहरूमा राहदानीको अवधि सकिएर नेपालीहरू समस्यामा परिरहको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

'पछिल्लो समय युरोपका पोल्यान्ड ग्रीसलगायत देशहरूमा रोजगारी र अध्ययनका लागि जाने नेपालीको संख्या बढ्दो छ।  विदेशीने नेपालीको मुख्य सम्पत्ति राहदानी हो। कतिपय नेपालीहरूको राहदानीको अवधि सकिएर नवीकरण गर्न पाइरहेका छैनन्,' उनले भने, 'नवीकरण नभएका कारण अवैध हुने भएकाले झन्झट भइरहेको छ। अहिले युरोपमा पनि अवैध बसिरहेका आप्रवासीहरूविरुद्ध धरपकड सुरु भएको छ। त्यसको मारमा नेपाली छन्।'

राहदानी विभागले यस्ता देशहरू पहिचान गरी घुम्ती शिविर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। 

कुँवरले भने, ‘राहदानी विभागले ती देशमा घुम्ती सेवा दिने भने पनि गरेको छैन। यसमा सरकारको ध्यानाकर्षण गराउँछु।’ 

यसअघि नेपालखबरले राहदानी नवीकरण नहुँदा पोल्यान्डमा मात्र १ हजार नेपाली त्रासमा रहेको सामग्री प्रकाशित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad