प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
बिहीबार राति मुटुमा समस्या आएपछि मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा भर्ना भएका उनी शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।
उनी बालुवाटारस्थित निवास पुगेको र उपचारपछि अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
गत महिना ओलीको शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
3
Shares

प्रतिक्रिया