राजनीति


‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष

‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष

नेपालखबर
चैत १६, २०८१ शनिबार १९:५४, काठमाडौँ

कांग्रेसले ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको दाबीसहित सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘अराजक अवस्था देखाइयो। त्यसमा समीक्षा गरेर हिजोको घटनालाई गम्भीर भन्दै भ्रत्सना गरेका छौँ। निरंकुश शासनतर्फ लैजाने मनसायका साथ योजना बनाइएको छ। जहाँ जहाँ आक्रमण गर्ने हो योजनाका साथ भएको छ,’ उनले भने, ‘अन्य कैयौँ घाइते भएका छन्। यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ उहाँले नै समिति गठन गर्नुभएको हो।’

त्यसैगरी कांग्रेसले संविधान पक्षधर सबै राजनीतिक दलका नेताहरुसँग सर्वपक्षीय छलफल गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad