राजनीति


जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १७:८, सोलुखुम्बु

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख, कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 
‘सगरमाथा संवाद’को पूर्वसन्ध्या सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलनलाई आज शुभकामना दिँदै थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
 
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत थामेमा आयोजित जलवायुपरिवर्तनसँग यस किसिमको सम्मेलनबाट प्राप्त निष्कर्षले ‘सगरमाथा संवाद’को छलफललाई सार्थक र परिणाममुखी बनाउने आशा व्यक्त गरेका हुन्।
 
अन्तर्राष्ट्रिय पृथ्वी दिवसका अवसरमा जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले तिनै तहको सरकारको प्रत्यक्ष संलग्नतामा बाढी प्रभावित क्षेत्र थामेमा ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ।
 

उक्त कार्यक्रममा रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कतारकी राजकुमारी तथा सगरमाथा आरोही आस्मा अलथानीसहितको सहभागिता रहेको छ। तीन हजार ८०० मिटरको उचाइमा रहेको हिमपहिरोले क्षतिग्रस्त बस्ती थामेमा आयोजित सम्मेलनमा विश्वविख्यात आरोही मिङमा डेबिड शेर्पा, कान्छो आरोही तेम्बा छिरी शेर्पासहितका पर्वातारोहीहरू समेत उपस्थित छन्।
 
खुम्बु पासाङ ल्हामु गाउँपालिका, कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालय र सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयको सहकार्यमा सो संस्थाले ‘सगरमाथा संवाद’को पूर्वसन्ध्यामा थामेमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गरेको हो। नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहित विभिन्न सङ्घसंस्थाको समेत सो सम्मेलनमा सहकार्य रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad