नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेशको आर्थिक तथा सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विदेशमा आर्जन गरिएको ज्ञान, सिप र पुँजीलाई देशमै प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘तपाईँहरूले विदेशमा हासिल गरेको ज्ञान, सिप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक र सामाजिक विकास गर्न यहाँहरूलाई आग्रह गर्दछु। त्यसका लागि के कस्ता नीतिगत परिवर्तन गर्नुपर्दछ? हामीले निर्धक्क भन्नुहोस्, हामी राष्ट्रिय सहमति बनाएर कार्यान्वयन गर्नेछौँ।’
विदेशमा रहेका नेपालीप्रति त्यहाँका देशहरूको सम्मान रहेको अनुभव आफूले पाएको उल्लेख गर्दै देउवाले राष्ट्रको समृद्धिका लागि विश्वभर छरिएर रहेका नेपालीहरूको योगदान अपरिहार्य रहेको बताए।
कार्यक्रममा जनसम्पर्क समिति समन्वय विभागका पदाधिकारी तथा विदेशमा क्रियाशील नेपाली कांग्रेसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया